Nov 19 2026 | २०८३, मंसिर ४ गते

२०८३, मंसिर ४ गते
  • यो साता चर्चामा :
images

कांग्रेसबाट ईश्वरी न्यौपानेले सभामुखमा उम्मेदवारी दिने

कांग्रेसबाट ईश्वरी न्यौपानेले सभामुखमा उम्मेदवारी दिने

  • बुधवार, माघ ४ २०७९

  • 315
    SHARES

  • कांग्रेसबाट ईश्वरी न्यौपानेले सभामुखमा उम्मेदवारी दिने

    काठमाडौँ । नेपाली कांग्रेसले ईश्वरी न्यौपानेलाई सभामुखको उम्मेदवार बनाउने भएको छ। कांग्रेसले प्रतिनिधिसभाको सभामुखका लागि समानुपातिक सांसद न्यौपानेलाई उमेदवार बनाउने भएको हो ।

    सहमहामन्त्री जीवन परियारले समानुपातिक सांसद न्यौपानेलाई सभामुखको उम्मेदवार बनाउने निर्णय भएको र न्यौपानेको नामलाई पार्टीको संसदीय दलको बैठकले अनुमोदन गर्ने जानकारी दिनुभयो।

    संसदीय दलको बैठक केहीबेरमा पार्टीको संसदीय दलको कार्यालयमा बस्दैछ। बिहान पार्टीको पदाधिकारी बैठकले सभामुख पदमा महिलालाई उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

    सत्ता गठबन्धन दलको तर्फबाट सभामुखका लागि एमालेका देवराज घिमिरेले प्रतिनिधिसभाको सभामुखका लागि उम्मेदवारी दर्ता गराइसकेका छन्।


    बुधवार, माघ ४ २०७९०२:१७:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij