Nov 19 2026 | २०८३, मंसिर ४ गते

२०८३, मंसिर ४ गते
  • यो साता चर्चामा :
images

वर्षमान पुनको कलेजो प्रत्यारोपण गरिने : यस्तो छ अबस्था

वर्षमान पुनको कलेजो प्रत्यारोपण गरिने : यस्तो छ अबस्था

  • बुधवार, माघ ४ २०७९

  • 363
    SHARES

  • वर्षमान पुनको कलेजो प्रत्यारोपण गरिने : यस्तो छ अबस्था

    काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको कलेजो प्रत्यारोपण गर्नुपर्ने भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि पुनलाई गत शनिबार रोल्पाबाट हेलिकप्टरमा ल्याई सुमेरु सिटी अस्पतालमा भर्ना गरिएको थियो ।

    लामो समयदेखि पुनको उपचारमा संलग्न पेट रोग विशेषज्ञ प्रा. डा. युवराज शर्माका अनुसार पुनको कलेजो ८० प्रतिशत भन्दा बढी बिग्रिसकेको छ। डा. शर्माका अनुसार पुनको दुई महिनादेखि पेटमा पानी जम्ने समस्या देखिएको थियो । सुमेरु सिटी अस्पतालमा ल्याएपछि पुनको पेटबाट साढे २ लिटर पानी निकालिएको थियो ।

    अस्पतालमा पुनलाई भेट्न उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहितका शीर्ष नेता पुगिसक्नुभएको छ। अस्पतालले कलेजो प्रत्यारोपणका विषयमा पुनको परिवारका सदस्य र माओवादी केन्द्रको शीर्ष नेतृत्वसँग छलफल गरिसकेको छ ।

    पुन यसभन्दा अगाडि चीनमा आफ्नो स्वास्थ्य उपचार गराइरहुभएको थियो। डा. शर्माको अनुसार पुनको स्वास्थ्य अवस्था स्थिर रहेको छ ।


    बुधवार, माघ ४ २०७९०१:२३:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij