Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

वर्षमान पुनलाई भेट्न प्रधानमन्त्री प्रचण्ड सुमेरु अस्पताल

वर्षमान पुनलाई भेट्न प्रधानमन्त्री प्रचण्ड सुमेरु अस्पताल

  • मंगलवार, माघ ३ २०७९

  • 546
    SHARES

  • वर्षमान पुनलाई भेट्न प्रधानमन्त्री प्रचण्ड सुमेरु अस्पताल

    काठमाडौं ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनलाई भेट्न अस्पताल पुग्नुभएको छ ।

    मन्त्रिपरिषद् विस्तारलगत्तै प्रधानमन्त्री प्रचण्ड ललितपुरस्थित सुमेरु अस्पताल पुगेर पूर्वअर्थमन्त्रीसमेत रहनुभएका पार्टी उपमहासचिव पुनको स्वास्थ्य अवस्थाबारे जानकारी लिनु भएको हो ।

    नेता पुनले स्वास्थ्यमा समस्या देखिएपछि गत पुस ३० गतेदेखी सुमेरु अस्पतालमा भर्ना भएर उपचार गराइरहनुभएके छ । एक कार्यक्रममा सहभागी हुन गृहजिल्ला रोल्पा पुग्नुभएका नेता पुनको स्वास्थ्यमा समस्या आएपछि हेलिकप्टरबाट काठमाडौं ल्याइएको थियो ।

    जन्डिस रोगबाट पीडित नेता पुन केही समयअघि मात्र चीनमा उपचार गराएर फर्किएका थिए ।


    मंगलवार, माघ ३ २०७९०३:४९:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij