Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

देशभर नेपाल टेलिकमको सेवा अबरुद्ध, टेलिकमले दिएन कुनै जानकारी

देशभर नेपाल टेलिकमको सेवा अबरुद्ध, टेलिकमले दिएन कुनै जानकारी

  • मंगलवार, माघ ३ २०७९

  • 998
    SHARES

  • देशभर नेपाल टेलिकमको सेवा अबरुद्ध, टेलिकमले दिएन कुनै जानकारी

    काठमाडौं । नेपाल टेलिकमको नेटवर्कमा समस्या देखिएको छ। केही बेरअघिदेखि फोन नलाग्ने, एसएमएस नजाने तथा डेटा समेत नचल्ने समस्या उत्पन्न भएको छ।

    कम्पनीको ल्यान्डलाइन, प्रिपेड तथा पोस्टपेड फोनसहित अन्य सेवामा समेत समस्या देखिएको छ। टेलिकमको बेवसाइट पनि खुल्न सकेको छैन। देशभरका उपभोक्ताले टेलिकममा के भएको हो ? भनेर जिज्ञासा राखिरहेको भएपनि टेलिकमले हालसम्म कुनै जानकारी दिएको छैन।

    आज दिउँसो १२ बजेदेखि नेटवर्कमा समस्या देखिएको गुनासो उपभोक्ताहरुले सामाजिक सञ्जालमा गरिरहेका छन्। तर यस विषयमा नेपाल टेलिकमले भने कुनै आधिकारिक जानकारी दिएको छैन।


    मंगलवार, माघ ३ २०७९०२:११:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij