Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

मन्त्रिपरिषद् बैठक जारी, होला त कुलमानबारे निर्णय ?

मन्त्रिपरिषद् बैठक जारी, होला त कुलमानबारे निर्णय ?

  • सोमवार, भाद्र २९ २०७७

  • 933
    SHARES

  • मन्त्रिपरिषद् बैठक जारी, होला त कुलमानबारे निर्णय ?

    काठमाडौं । मन्त्रिपरिषद्को बैठक अहिले बालुवाटारमा बस्दै छ । । साँझ ५ बजे बस्ने भनिएको बैठक डेढ घन्टापछि अर्थात ६.३० मा मात्र सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

    बैठक नियमित भए पनि केही महत्वपूर्ण नियुक्ति र सिफारिस हुन सक्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    बैठकले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको नियुक्ति तथा राष्ट्रियसभामा वामदेव गौतमको सिफारिसलगायतका महत्वपूर्ण विषयमा निर्णय हुनसक्ने स्रोतले यसअघि बताएको थियो ।

    यसअघि नेकपाको स्थायी समिति बैठकले रिक्त राष्ट्रिय सभा सदस्यमा पार्टी उपाध्यक्ष वामदेव गौतमलाई पठाउने निर्णय गरेको छ ।

    त्यसैगरी, ऊर्जामन्त्री वर्षमान पुनले पनि यसअघि प्राधिकरण पूमुखका लागि आगामी मन्त्रिपरिषद्मा कुलमान घिसिङको पुनर्नियुक्तको प्रस्ताव लैजाने बताएका थिए ।

    यद्यपि, यी दुवै विषय आजको मन्त्रिपरिषदको नियमित एजेन्डामा नभएको स्रोत बताउँछ ।

    विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ चार वर्षे कार्यकाल सकिएर बिदा भइसक्नुभएको छ । उहाँको पुनः नियुक्ति हुन्छ कि हुँदैन भन्ने विषयलाई महत्वका साथ हेरिएको छ ।


    सोमवार, भाद्र २९ २०७७०७:५४:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij