Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

ओम्नी समूह एक वर्षका लागि कालोसूचीमा

ओम्नी समूह एक वर्षका लागि कालोसूचीमा

  • सोमवार, भाद्र २९ २०७७

  • 739
    SHARES

  • ओम्नी समूह एक वर्षका लागि कालोसूचीमा

    काठमाडौं । विवादास्पद स्वास्थ्य उपकरण खरिद प्रक्रियामा सहभागी भएको ओम्नी बिजनेश कर्पोरेट इन्टरनेशनल कालोसूचीमा परेको छ ।

    सार्वजनिक खरिद अनुगमनको कार्यालयले एक सूचना प्रकाशित गर्दै ओम्नीलाई एक वर्षसम्म अन्य खरिद प्रक्रियामा सहभागी हुन नपाउने गरी कालोसूचीमा राखेको हो ।

    सरकारले ओम्नीलाई कालोसूचीमा नराख्ने मनसाय देखाएपछि चौतर्फी दबाब परेको थियो । ओम्नीलाई कालोसूचीमा पर्न नदिन राजनीतिक रुपमा चलखेल भए पनि संसदीय समितिहरुले पनि कालोसूचीमा नराखिएकोबारे चासो दिएका थिए ।

    सार्वजनिक खरिद अनुगमनको कार्यालयले स्वास्थ्य सेवा विभागको सिफारिसमा आजबाट लागू हुनेगरी ओम्नीलाई कालोसूचीमा राखेको जानकारी दिएको छ ।

    चर्को दवावपछि स्वास्थ्य सेवा विभागले गत चैत १९ गते ओम्नीसँग भएको उपकरण खरिद सम्झौता रद्द गर्ने निर्णय गरेको थियो ।

     


    सोमवार, भाद्र २९ २०७७०६:४५:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij