Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

माइतीघरमा धर्नामा बसिरहेकाहरूलाई गृहमन्त्रीले भने— ‘न्याय गर्न नसक्ने अवस्था भए राजीनामा दिन्छु’

माइतीघरमा धर्नामा बसिरहेकाहरूलाई गृहमन्त्रीले भने— ‘न्याय गर्न नसक्ने अवस्था भए राजीनामा दिन्छु’

  • शनिवार, पौष ३० २०७९

  • 499
    SHARES

  • माइतीघरमा धर्नामा बसिरहेकाहरूलाई गृहमन्त्रीले भने— ‘न्याय गर्न नसक्ने अवस्था भए राजीनामा दिन्छु’
    काठमाडौं । गृहमन्त्री रवि लामिछानेले बाँकेकी निर्मला कुर्मी बेपत्ता प्रकरणमा न्याय गर्न नसक्ने अवस्था भए र त्यसमा कुनै कैफियत देखिए पदबाट राजीनामा दिने बताउनुभएको छ । 
     
    कुर्मी अपहरण र हत्या भएको आरोप लगाउँदै तेस्रो चरणमा काठमाडौंको माइतीघरमा १७ दिनदेखि सडक संघर्षमा रहेका महिलाहरूलाई भेटेर गृहमन्त्री लामिछानेले मुद्दाको गहिरो अनुसन्धानका लागि समय दिन आग्रह गर्नुभयो ।  
    यसअघि बिग्रिएको कामलाई सपार्ने समय दिन माग गर्दै लामिछानेले आफ्नो  भूमिकामा कुनै कैफियत देखियो भने गृहमन्त्रीबाट राजीनामा दिने बताउनुभयो । 
     
    मन्त्री लामिछानेले एकपटक आफूलाई विश्वास गर्न र कठ्याङ्ग्रिँदो चिसोमा सडक संघर्ष नगरेर घर फर्किन आग्रह गर्नुभयो । उहाँले आफू कुर्मीको मुद्दालाई लिएर दबाबमा रहेको समेत बताउनुभयो । 
     
    गृहमन्त्री लामिछानेले पटक पटक विश्वास दिलाउन चाहे पनि आन्दोलनकारी महिलाहरू भने आश्वस्त हुन सकिरहेका थिएनन् । उहाँले महिलाहरू घर नफर्किए आफू पनि छेउमा बसेर आन्दोलनमा ऐक्यबद्धता जनाउने बताउनुभयो । लामिछानेले पटक–पटक आग्रह गरे पनि महिलाहरू भने माइतीघर छोड्न तयार छैनन् । प्रदर्शनकारीहरूको पक्षबाट रुवी खानले यो सरकारबाट न्याय पाउनेमा आफूहरू आशावादी रहेको प्रतिक्रिया दिनुभएको थियो । साथै धर्ना नछाड्ने बरु सरकारलाई अनुसन्धानमा सहयोग गर्न आफूहरू तयार रहेको खानको अडान थियो ।
     
    रुवीसहित १५ जना यसअघि १ असोजमा २० दिनको न्याय मार्च गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन नेपालगञ्जदेखि काठमाडौं आएका थिए । निर्मला कुर्मीको हत्या र नन्कुन्नी धोबीलाई शारीरिक बन्धक बनाई बेपत्ता पारिएको भन्दै स्थानीय प्रशासनले सुनवाइ नगरेपछि उनीहरूले ५०० किलोमिटरको न्याय मार्च गर्दै काठमाडौं आएका हुन् । त्यसपछि माइतीघरमा धर्ना हुँदै आएको छ ।
     


    शनिवार, पौष ३० २०७९०५:०५:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij