Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

नेपालीलाई विदेशमा घरजग्गा खरिद गर्न प्रतिबन्ध

नेपालीलाई विदेशमा घरजग्गा खरिद गर्न प्रतिबन्ध

  • शुक्रवार, पौष २९ २०७९

  • 477
    SHARES

  • नेपालीलाई विदेशमा घरजग्गा खरिद गर्न प्रतिबन्ध

    काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपालमा बस्ने नागरिकलाई विदेशमा घरजगा खरिद गर्न प्रतिबन्ध लगाएको छ । शुक्रबार (आज) एक सूचना जारी गर्दै राष्ट्र बैंकले प्रतिबन्ध लगाएको जनाएको हो ।

    यस्तै विदेशमा शेयर खरिद गर्ने, बैंक तथा वित्तीय संस्थामा निक्षेप राख्ने र सम्पत्ति जोड्न पनि राष्ट्र बैंकले प्रतिबन्ध लगाएको छ । विदेशी विनिमय ऐनको दफा १० (क) मा भएको व्यवस्थाबमोजिम बाहकेको अवस्थामा प्रतिबन्ध गरिएको राष्ट्र बैंक विदेशी विनिमय विभागले जनाएको छ ।

    सोही ऐनको दफा ९ (ग) ले तोकिएको व्यवस्थाविपरीत पनि भुक्तानी गर्न पाइनेछैन । ऐनको दफा १० (क) मा नेपालमा बसोबास गर्ने कुनै नेपाली नागरिकले विदेशमा रहँदा बस्दाको अवधिसम्म आफ्नो आर्जनबाट विदेशमा गरेको लगानीलाई भने यस दफाले बाधा पु¥याएको मानिने छैन भन्ने उल्लेख छ ।

    यस्तै दफा ९ (ग) मा राष्ट्र बैंकले तोकिदिएको व्यवस्थाबमोजिम बाहेक नेपालमा बसोबास गर्ने कुनै पनि व्यक्तिले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा कुनै किसिमको भुक्तानी दिन, नेपाल बाहिर बसोबास गर्ने कुनै व्यक्तिको पक्षमा भुक्तानी पाउने अधिकार सिर्जना हुने वा हस्तान्तरण हुने गरी कुनै विनिमयपत्र वा प्रतिज्ञापत्र खिच्न, स्वीकार गर्न वा नेगोसियट गर्न वा कुनै ऋण स्वीकार गर्न पाइनेछैन ।

    नेपाल बाहिर बसोबास गर्ने कुनै व्यक्तिको आदेशले वा निजको तर्फबाट कुनै व्यक्तिलाई कुनै किसिमको भुक्तानी दिन पनि नपाइने व्यवस्था छ ।

    letter.jpg


    शुक्रवार, पौष २९ २०७९०२:५०:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij