Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

सन्दीपबारे निर्णय गर्न क्यानले बोलायो बैठक

सन्दीपबारे निर्णय गर्न क्यानले बोलायो बैठक

  • शुक्रवार, पौष २९ २०७९

  • 658
    SHARES

  • सन्दीपबारे निर्णय गर्न क्यानले बोलायो बैठक

    काठमाडौं । बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई खेल्न दिने÷नदिने भन्नेबारे छलफल गर्न नेपाल क्रिकेट संघ (क्यान)ले छलफल सुरु गरेको छ ।

    उच्च अदालत पाटनमा २० लाख धरौटी बुझाएर छुटेलगत्तै क्यानले सन्दीपका बारेमा निर्णय गर्न बैठक बोलाएको उनका वकिल सरोजकृष्ण घिमिरेले बताउनुभयो। सन्दीपलाई क्यानले कारबाही नगरेर निलम्बनमात्रै गरेकाले अब उनले खेल्न पाउने र कप्तानको समेत जिम्मेवारी पाउनुपर्ने घिमिरेको भनाइ छ।

    नाबालिग किशोरीलाई बलात्कार गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई उच्च अदालत पाटनले बिहीबार २० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो। त्यसपछि शुक्रबार (आज) उनी धरौटी बुझाएर रिहा भएका छन्।


    शुक्रवार, पौष २९ २०७९०२:४१:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij