Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

सुदूरपश्चिममा मुख्यमन्त्रीसहित तिन मन्त्रीले लिए शपथ, मुख्यमन्त्रीका दाबेदार भट्ट बने मन्त्री 

सुदूरपश्चिममा मुख्यमन्त्रीसहित तिन मन्त्रीले लिए शपथ, मुख्यमन्त्रीका दाबेदार भट्ट बने मन्त्री 

  • बिहिवार, पौष २८ २०७९

  • 633
    SHARES

  • सुदूरपश्चिममा मुख्यमन्त्रीसहित तिन मन्त्रीले लिए शपथ, मुख्यमन्त्रीका दाबेदार भट्ट बने मन्त्री 
    काठमाडौं ।  सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्रीसहित ३ जना मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।
     
    नेकपा एमालेका संसदीय दलको नेतासमेत रहेका राजेन्द्र रावलले मुख्यमन्त्रीको शपथ ग्रहण गर्नुभएको हो। त्यस्तै, एमालेबाटै विना विभागीय मन्त्री सन्तोषकुमारी थापा र नेकपा माओवादी केन्द्रबाट अर्का विना विभागीय मन्त्रीमा खगराज भट्टले शपथ लिनुभएको हो । उहाँहरूलाई प्रदेश प्रमुख देवराज जोशीले आज शपथ ग्रहण गराउनुभएको हो ।
     
    नेकपा माओवादीका संसदीय दलका नेता समेत रहेका भट्ट डडेल्धुराबाट निर्वाचित हुनुभएको हो। थापा भने नेकपा एमालेकी समानुपातिक प्रदेश सभा सदस्य हुनुहुन्छ । सरकारलाई समर्थन गरेको नागरिक उन्मुक्ति पार्टी, राप्रपाले भने अझै सरकारमा भएका छैनन् । आफूहरूले सरकारसँग राखेको माग पूरा भएपछि मात्रै सरकारमा सहभागी हुने वातावरण बन्ने नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता रामेश्वर चौधरीले बताउनुभयो।


    बिहिवार, पौष २८ २०७९०५:४०:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij