काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । साँझ ५ बजे बस्ने बैठक नियमित भए पनि केही महत्वपूर्ण नियुक्ति र सिफारिस हुन सक्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठकले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको नियुक्ति तथा राष्ट्रियसभामा वामदेव गौतमको सिफारिसलगायतका महत्वपूर्ण विषयमा निर्णय हुनसक्ने स्रोतले जनाएको छ ।
विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ चार वर्षे कार्यकाल सकिएर बिदा भइसक्नुभएको छ । उहाँको पुनः नियुक्ति हुन्छ कि हुँदैन भन्ने विषयलाई महत्वका साथ हेरिएको छ ।
यस्तै, अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा निर्वाचन आयोगलगायतका संवैधानिक निकायमा नियुक्तिका लागि पनि बैठकमा छलफल हुने आँकलन गरिएको छ । हाल दुई दर्जनभन्दा धेरै संवैधानिक निकायमा पद रिक्त छन् ।