काठमाडौं । पेरुमा प्रहरी अधिकृतको ज्युँदै जलाएर हत्या गरिएको छ। सरकारविरोधी प्रदर्शनले हिंसात्मक रुप लिँदै गएपछि एक जना प्रहरी अधिकृतलाई जलाएर हत्या गरिएको अन्ताराष्ट्रिय समाचार एजेन्सिहरुले जानकारी दिएका छन् ।
पूर्व राष्ट्रपति पेड्रो कास्टिलोलाई अपदस्थ गरेपछि सुरु भएको प्रदर्शनमा एक जना सहकर्मीका साथ गस्तीमा रहेका २९ वर्षीय जोसे लुइस सोनको क्विस्पेलाई सोमबार राति बोलिभिया र टिटिकाका तालको सीमानामा रहेको सहर जुलियाकामा भीडले आक्रमण गरेर उनीहरूको गाडीमा आगो लगाएको थियो।
हिंसात्मक प्रदर्शनमा अहिलेसम्म ४७ जना मारिएका छन्। करिब तीन सय ५० जना आक्रमणकारीले आफूहरूमाथि आक्रमण गरेका सोनका सहकर्मी रोनाल्ड विलासान्टे टोकले बताएका छन्।
गम्भीर घाइते भएका उनले आफ्ना साथीको अवस्थाबारे आफूलाई जानकारी नभएको बताए।अस्पतालमा उनको उपचार जारी छ।प्रधानमन्त्री अल्बर्टो ओटारोलाले सोनकोको मृत्युको पुष्टि गर्दै सरकार प्रदर्शनकारीले उनीमाथि आक्रमण गरेका जनाएका छन् ।