काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका राजेन्द्रसिंह रावल नियुक्त हुनुभएको छ।
एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति र राष्ट्रिय प्रजातन्त्र पार्टीका गरी २९ सांसदको समर्थनसहित उहाँले बुधबार(आज) साँझ मुख्यमन्त्रीमा दाबी पेस गर्नुभएको थियो।
त्यसपछि प्रदेश प्रमुख देवराज जोशीले रावललाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो । उहाँले भोलि पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम छ।