Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

पेरूकी राष्ट्रपतिमाथि अनुसन्धान सुरु, सरकार विरोधी प्रदर्शनमा दमन गरेको आरोप

पेरूकी राष्ट्रपतिमाथि अनुसन्धान सुरु, सरकार विरोधी प्रदर्शनमा दमन गरेको आरोप

  • बुधवार, पौष २७ २०७९

  • 424
    SHARES

  • पेरूकी राष्ट्रपतिमाथि अनुसन्धान सुरु, सरकार विरोधी प्रदर्शनमा दमन गरेको आरोप
    काठमाडौं । पेरूका राष्ट्रपति डिना बोल्वार्टेमाथि सरकार विरोधी प्रदर्शनमा दमन गरेको अभियोगमा अनुसन्धान थालिएको छ। गत डिसेम्बरदेखि भएका सरकार विरोधी प्रदर्शनमा कम्तीमा ४० जना मारिएपछि राष्ट्रपतिको भूमिकालाई लिएर छानबिन थालिएको हो। 
     
    प्रदर्शनकारी र सुरक्षाकर्मीबीच सोमबार भएको झडपमा १८ जनाको मृत्यु भएपछि मंगलबार हिंसात्मक प्रदर्शन दबाउन सरकारले दक्षिणी पुनो क्षेत्रमा निषेधाज्ञा (कर्फ्यु ) आदेश जारी गरेको छ। 
     
    अपुरिमक, ला लिबर्टाड, पुनो, जुनिन, अरेक्विपा र अयाकुचो क्षेत्रमा सरकार विरोधी प्रदर्शनका क्रममा भएका दमनमा राष्ट्रपतिको भूमिकालाई लिएर अनुसन्धान भइरहेको सरकारी अभियोजन कार्यालयले जनाएको छ। डिसेम्बर ७ मा पूर्वराष्ट्रपति पेड्रो कास्टिलोका समर्थकहरूले बोल्वार्टेविरुद्ध आन्दोलन गर्दै आएका छन्। 
     
    जारी विरोध प्रदर्शन दबाउन राज्य शक्तिको प्रयोग हुँदा कैयौँ नागरिकको मृत्यु भएकामा पेरूस्थित राष्ट्रसङ्घीय कार्यालयले गहिरो चिन्ता व्यक्त गरेको छ। हिंसात्मक गतिविधि परित्याग गर्न सम्बद्ध पक्षलाई आग्रह गर्दै राष्ट्रसङ्घले शान्तिपूर्ण विरोध गर्ने अधिकार एवम् आधारभूत मानव अधिकारको सम्मान गर्न आग्रह गरेको छ। 
     
    पेरूका प्रभावशाली क्याथोलिक गिर्जाघरका नेताहरूले देशमा भड्किएको हिंसालाई मुलुक युद्धको अवस्थामा पुगेको टिप्पणी गरेका छन्। राज्य बर्बर बनेको आरोप लगाउँदै उनीहरूले संयमित हुन सम्बद्ध पक्षसँग अनुरोध गरेका छन्। पुनो को क्षेत्रीय सरकारले तीन दिनको शोकको घोषणा गर्दै राष्ट्रपति बोल्वार्टेलाई पदत्याग गर्न आह्वान गरेको छ। 


    बुधवार, पौष २७ २०७९०४:२५:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij