Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्रीलाई माधव नेपालको आग्रहः ओली प्रवृत्ति नदेखाउनुहोला

प्रधानमन्त्रीलाई माधव नेपालको आग्रहः ओली प्रवृत्ति नदेखाउनुहोला

  • बुधवार, पौष २७ २०७९

  • 524
    SHARES

  • प्रधानमन्त्रीलाई माधव नेपालको आग्रहः ओली प्रवृत्ति नदेखाउनुहोला

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले केपी ओली प्रवृत्तिुको पछाडि नलाग्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गर्नुभएको छ । प्रधानमन्त्रीको रुपमा अहंकार देखाउने र आफैंलाई सर्वेसर्वा ठान्ने प्रवृत्तिका पछाडि नलाग्न प्रधानमन्त्री प्रचण्डलाई उहाँको आग्रह थियो ।

    केपी ओलीले हिजो संसद्‍ बैठकमा गरेको सम्बोधनलाई लक्षित गर्दै ओलीले अहिले पनि आफैंलाई सर्वेसर्वा ठान्ने गरेको र गल्ती (संसद्‍ विघटन) स्वीकार नगरेको भन्दै त्यसो नगर्न अध्यक्ष नेपालले प्रधानमन्त्रीलाई सुझाव दिनुभयो ।

    प्रतिनिधिसभा विघटन गर्न नहुने संविधानको व्यवस्थालाई अझै स्वीकार नगर्ने ओलीले आफूलाई सुप्रिमो ठान्ने गरेको उल्लेख गर्दै उहाँले त्यस्तो नहुन प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराउनुभएको हो । पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियूले आज काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा अध्यक्ष नेपालले भ्रष्टाचार नियन्त्रण गर्ने, विकास, निर्माणको कामलाई गति दिने आशा र अपेक्षासहित आफ्नो पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई १५ बुँदे सर्तसहित विश्वासको मत दिएको पनि स्पष्ट पार्नुभएको छ ।




    बुधवार, पौष २७ २०७९०३:२२:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij