Nov 19 2026 | २०८३, मंसिर ४ गते

२०८३, मंसिर ४ गते
  • यो साता चर्चामा :
images

मधेस प्रदेशको मुख्यमन्त्रीमा जसपाका यादव नियुक्त

मधेस प्रदेशको मुख्यमन्त्रीमा जसपाका यादव नियुक्त

  • बुधवार, पौष २७ २०७९

  • 266
    SHARES

  • मधेस प्रदेशको मुख्यमन्त्रीमा जसपाका यादव नियुक्त

    काठमाडौं। मधेस प्रदेशको मुख्यमन्त्रीमा जसपाका सरोजकुमार यादव नियुक्त हुनुभएको छ। आज बिहान प्रदेश प्रमुख हरिशंकर मिश्रले जसपा संसदीय दलका नेता यादवलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

    आज नै नेकपा एमाले, माओवादी केन्द्र, जनमत र २ जना स्वतन्त्र गरी ६३ सांसदको समर्थनमा यादवले मुख्यमन्त्रीमा दाबी पेस गर्नुभएको थियो। १०७ सिट रहेको मधेस प्रदेशमा बहुमतका लागि ५४ सांसदको समर्थन आवश्यक पर्छ। यादवलाई एमालेका २३, जसपाका १६, जनमतका १३ माओवादीका ८ र ३ जना स्वतन्त्र सांसदको समर्थन छ ।

    बारा १ ख बाट दोस्रो पटक प्रदेशसभामा निर्वाचित यादव प्रदेशका पूर्वसभामुखसमेत हुनुहुन्छ। मधेसमा जसपा र जनमतले आलोपालोमा मुख्यमन्त्री पद लिने सत्ता गठबन्धनमा सहमति भएको छ ।

     


    बुधवार, पौष २७ २०७९०१:२९:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij