Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

युएन मिसनमा जान प्रहरीमा अब भनसुन नचल्ने

युएन मिसनमा जान प्रहरीमा अब भनसुन नचल्ने

  • आइतवार, भाद्र २८ २०७७

  • 1.4K
    SHARES

  • युएन मिसनमा जान प्रहरीमा अब भनसुन नचल्ने

    काठमाडौं । सशस्त्र प्रहरी बल र नेपाली सेनापछि नेपाल प्रहरीले पनि संयुक्त राष्ट्र संघ (युएनओ)को शान्ति मिसनमा सहभागि छनोटका लागि वरिष्ठतालाई आधार बनाएको छ ।

    सुरक्षा निकायबाट मिसनमा जान भनसुन र आर्थिक चलखेल हुने गरेको गुनासो आउने गरेका वेला नेपाल प्रहरीले पनि छनोट मापदण्डलाई संशोधन गरेको हो ।

    प्रहरीको युएन शाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वीरेन्द्र बस्यालले युएन फम्ड पुलिस युनिट छनोट मापदण्ड, ०७७ लाई गृह मन्त्रालयले स्वीकृत गरेको बताउनुभयो ।

    योसँगै अब हरेक प्रहरी अधिकारीले मिसन जानलाई आउने पालोबारे पहिल्यै अनुमान गर्न सक्नेछन् ।

    प्रहरी प्रधान कार्यालयमा रहेको कर्मचारी प्रशासन शाखाको डेटावेसका आधारमा वरिष्ठता तय गरिने मापदण्डमा उल्लेख छ ।

    नेपाली सेनाले गत वर्ष शान्ति सेनाको कार्यविधि संशोधन गरेर वरिष्ठतालाई आधार बनाएको थियो भने सशस्त्र प्रहरीले केही वर्षअघिबाटै यो अभ्यास गरिरहेको छ ।

    नयाँ मापदण्ड लागू भएसँगै शान्ति मिसनको छनोट पारदर्शी र व्यवस्थित हुने अपेक्षा गरिएको छ


    आइतवार, भाद्र २८ २०७७०७:२८:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij