Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

गंगामायालाई सारियो ट्रमा सेन्टर, कारण यस्तो छ

गंगामायालाई सारियो ट्रमा सेन्टर, कारण यस्तो छ

  • आइतवार, भाद्र २८ २०७७

  • 985
    SHARES

  • गंगामायालाई सारियो ट्रमा सेन्टर, कारण यस्तो छ

    काठमाडौं । छोराका हत्यारालाई कारबाहीको माग राख्दै लामो समयदेखि अनशनरत गंगामाया अधिकारीलाई सरकारले राष्ट्रिय ट्रमा सेन्टरमा सारेको छ ।

    यसअघि, गंगामालाई कोरोना भाइरसका बिरामी राखिने वीर अस्पतालमा राखिएको थियो । यसको सर्वत्र विरोध भएपछि सरकार अन्यत्र सार्न बाध्य भएको हो ।

    आफ्नो ज्यान जोखिममा पारेको भन्दै गंगामाया वीर अस्पतालबाट माइतिघर मण्डलातिर जान खोज्नुभएको थियो तर अस्पतालको गेटमा उहाँलाई रोकिएको थियो ।

    घटनापछि मानवअधिकारकर्मी चरण प्रसाईँले गंगामायाको न्यायको लागि सहयोग गरिदिन अनुरोध गर्नुभएको थियो ।

    त्यस्तै, कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पनि आज ट्विटरमार्फत सरकारसँग अनशनरत गंगामायाको तत्काल उचित व्यवस्थापन गर्न माग गर्नुभएको थियो ।

    वीर अस्पताललाई कोभिड अस्पताल बनाएपछि वैकल्पिक व्यवस्था गर्ने वा त्यहाँबाट निक्लन दिने राज्यको कर्तव्य भएको स्मरण गराउँदै उहाँले गंगामायाको व्यवस्थापन नगर्ने र निक्लन पनि नदिने कार्य आपत्तिजनक भएको उल्लेख गर्नुभएको छ ।


    आइतवार, भाद्र २८ २०७७०६:५८:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij