Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

प्रदेश १ को मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त, भोलि शपथ 

प्रदेश १ को मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त, भोलि शपथ 

  • आइतवार, पौष २४ २०७९

  • 988
    SHARES

  • प्रदेश १ को मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त, भोलि शपथ 
    काठमाडौं । प्रदेश १ को मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की आइतबार(आज) नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।
     
    प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गरेका कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको छ ।
     
    कार्कीले ९३ सदस्यीय प्रदेशसभामा एमालेका ४०, माओवादी केन्द्रका १३, राप्रपाका ६ र जसपाका १ गरी ६० प्रदेश सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्तिका लागि दाबी पेस गर्नुभएको थियो । कार्कीले सोमबार(भोलि) दिउँसो २ बजे शपथ ग्रहण गर्ने एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले बताउनुभयो।


    आइतवार, पौष २४ २०७९०५:२०:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij