Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

प्रदेश १ मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्कीको दाबी पेश

प्रदेश १ मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्कीको दाबी पेश

  • आइतवार, पौष २४ २०७९

  • 539
    SHARES

  • प्रदेश १ मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्कीको दाबी पेश

    काठमाडौं । ६० जना सांसदको हस्ताक्षरसहित नेकपा एमाले संसदीय दलका नेता हिक्मत कार्कीले प्रदेश १ को मुख्यमन्त्रीमा दाबी पेश गर्नुभएको छ ।

    प्रदेशसभामा रहेका ९३ मध्ये कांग्रेस र एकीकृत समाजवादीबाहेक अरु सबैको समर्थनमा प्रदेश प्रमुखसमक्ष कार्कीले मुख्यमन्त्रीमा दाबी पेश गर्नुभएको हो । प्रदेशसभामा एमालेका ४०, माओवादीका १३, राप्रपाका ६ र जसपाका १ जना प्रदेशसभा सदस्यले कार्कीलाई समर्थन गरेका छन् ।

    प्रदेशसभामा कुनै पनि दलको बहुमत नपुगेपछि २ वा २ भन्दा बढी दलको समर्थनमा सरकार बनाउने समय सीमा आजसम्मका लागि थियो । समय सीमाभित्रै कार्कीले मुख्यमन्त्रीमा दाबी पेश गर्नुभयो । प्रदेश १ मा बहुमतको सरकार गठन गर्न ४७ सांसद आवश्यक पर्छन् ।


    आइतवार, पौष २४ २०७९०४:३५:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij