Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

रेशम चौधरीलाई रिहा गर्न जसपाको माग

रेशम चौधरीलाई रिहा गर्न जसपाको माग

  • आइतवार, भाद्र २८ २०७७

  • 1.3K
    SHARES

  • रेशम चौधरीलाई रिहा गर्न जसपाको माग

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले रेशम चौधरीको रिहाइको मुद्दा फेरि उठाएको छ । पार्टीका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले आज संयुक्त विज्ञप्ति जारी गर्दै रेशम चौधरीलाई यथाशिघ्र रिहाइ गर्न माग गरेका हुन् ।

    मधेस–थरुहट आन्दोलनमा सहभागि भएका नेता कार्यकर्तामाथि सरकारले मुद्दा चलाउने, धन सम्पत्ति रोक्का गर्ने र थुनामा राख्ने कार्य अझै जारी रहेको भन्दै जसपाले यसलाई बन्द गर्न माग गरेको छ ।

    ‘टीकापुर नरसंहारका प्रमुख दोषीका रुपमा हाल जेलमा रहेका जसपाका सांसद रेशम चौधरीसहित नेता–कार्यकर्तामाथि सरकारले लगाएका मुद्दा खारेज गरी उनलाई यथाशिघ्र रिहाइ गरिनुपर्दछ,’ जसपाले भनेको छ ।

    119107906_3398302506879506_4060848521765236501_o.jpg


    आइतवार, भाद्र २८ २०७७०६:०५:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij