काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय बबरमहलमा बैठक बसेको समिति सदस्य केशव झाले जानकारी दिनुभयो ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सरकारलाई विश्वासको मत दिने÷नदिने विषयमा छलफल गरिनेछ । उहाँका अनुसार निर्वाचनको समीक्षा र संगठन विस्तारका विषयमा पनि छलफल हुने छ ।
मधेस प्रदेशको संसदीय दलको विधान संशोधनका विषयमा समेत बैठकमा छलफल गरिने छ ।