काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सशस्त्र प्रहरी बलको प्रधान कार्यालयमा आयोजित औपचारिक कार्यक्रममा आफ्ना लागि राखेको छुट्टै सोफा हटाउन लगाउनुभएको छ ।
आज दिउँसो हलचोकस्थित सशस्त्र प्रहरी बलको प्रधान कार्यालयको निरीक्षण भ्रमणमा पुगेका बेला आयोजित औपचारिक कार्यक्रममा उपप्रधानमन्त्री लामिछानेका लागि छुट्टै सोफा राखिएको थियो ।
तर उहाँले उक्त सोफा हटाएर अरु अफिसर सरहको सोफा राख्न निर्देशन दिनुभएका उहाँका सचिवालय संयोजक दीपक बोहराले जानकारी दिनुभयो ।