Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

‘जग्गा कित्ताकाटसम्बन्धि निर्णय बदर भएको भ्रम नपालौं’

‘जग्गा कित्ताकाटसम्बन्धि निर्णय बदर भएको भ्रम नपालौं’

  • आइतवार, भाद्र २८ २०७७

  • 3.6K
    SHARES

  • ‘जग्गा कित्ताकाटसम्बन्धि निर्णय बदर भएको भ्रम नपालौं’

    काठमाडौं । गत भदौ १८ गते सरकारले गरेको जग्गा कित्ताकाटसम्बन्धि निर्णय बदर नभएको भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले जनाएको छ ।

    भूमिव्यवस्थामन्त्री पद्मा अर्यालकी प्रेस संयोजक देविका घर्ती मगरले आज सामाजिक सञ्जालमार्फत सरकारले निर्णय फिर्ता लिएको भनेर भ्रममा नपर्न आग्रह गर्नुभएको हो ।

    जग्गा कित्ताकाटसम्बन्धि निर्णय बदर भएको भनेर केही सञ्चारमाध्यमले भ्रम फैलाएकाले त्यसलाई आधार मानेर भ्रममा नपर्न उहाँको आग्रह छ ।

    ‘कित्ताकाटसम्बन्धि मन्त्री पद्मा अर्यालले भदौ १८ गते गरेको मन्त्रीस्तरीय निर्णय बदर भएको छैन । त्यसअघिका निर्णय र परिपत्र बदर भएका हुन्’, उहाँले लेख्नुभएको छ, केही सञ्चारमाध्यमा आएका समाचार पढेर भ्रममा नपर्न अनुरोध छ ।’

    जग्गा कित्ताकाट खुलाउने निर्णय सरकारले सार्वजनिक गरेसँगै यसको पक्ष–विपक्षमा बहस भइरहेको छ । यससँगै, धेरैले भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालको आलोचना गरेका छन् ।

    मन्त्री अर्यालले भू–माफियाको प्रभावमा परेर निर्णय गरेको अधिकांशको आरोप छ ।

    कृषियोग्य जमिनलाई प्लटिङ गरेर आवासीय प्रयोजनमा प्रयोगगर्ने क्रम बढेको भन्दै ०७४ सालमा तत्कालिन भूमिव्यवस्थामन्त्री गोपाल दहितले जग्गा कित्ताकाटमा रोक लगाउनुभएको थियो ।

    तत्कालिन सरकारका निर्णयहरु बदर गर्दै वर्तमान् सरकारले जग्गा खण्डिकरणलाई खुला गरेको हो ।

     


    आइतवार, भाद्र २८ २०७७०४:५४:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij