आसिक अन्सारी, वीरगन्ज । पर्सास्थित पोखरिया नगरपालिका वडा नम्बर –४ मा रहेको पोखरिया बजार प्रहरीले व्यवस्थापन गराउन खोज्दा विवाद भएको छ । कोरोना भाइरस माहामारी फैलन नदिन बजार व्यवस्थापन गराउन खोज्दा आज प्रहरी र व्यापारीबीच पोखरिया बजारमा विवाद भएको हो ।
वीरगन्जबाहेक जिल्लाभरी नै अहिले निषेधाज्ञा हटाइएको छ । यसले गर्दा भिडभाड बढेको प्रहरीको भनाइ छ । भिडभाड बढेकाले समाजिक दूरी कायम गरी पसल खोल्न आफूहरुले आग्रह गर्दा पनि व्यापारीहरुले सो पालना नगरेको इलाका प्रहरी कार्यालय, पोखरियाका प्रहरी निरीक्षक चन्द्रकुमार सिंह बताउनुभयो ।
‘व्यापारीले अटेर गरेपछि प्रहरी टोली भिडभाड कम गएको थियो । सोहीबीच, दुई पक्षबीच झडप भएको हो’, उहाँले भन्नुभयो, ‘प्रहरीले सम्झाइ बुझाइ गरेपछि केही समयपछि स्थिति सामान्य बनेको थियो ।’