Nov 19 2026 | २०८३, मंसिर ४ गते

२०८३, मंसिर ४ गते
  • यो साता चर्चामा :
images

एमालेसँग कुनैपनि हालतमा एकता हुँदैन : माधव नेपाल

एमालेसँग कुनैपनि हालतमा एकता हुँदैन : माधव नेपाल

  • शुक्रवार, पौष २२ २०७९

  • 297
    SHARES

  • एमालेसँग कुनैपनि हालतमा एकता हुँदैन : माधव नेपाल

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेसँग पार्टी एकता नहुने बताउनुभएको छ।आज संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले विचार मिल्नेसँग एकताका लागि पहल सुरु गरिएको भएपनि एमालेसँग अहिलेको अवस्थामा एकता हुन नसक्ने बताउनुभएको हो ।

    त्यस्तै अध्यक्ष नेपालले पार्टी एकताका लागि जसपालगाएतका दलसँग छलफल भइरहेको पनि बताउनुभयो ।फरक प्रसङ्गमा उहाँले समय आएपछि मात्रै सरकारका विषयमा आवश्यक निर्णय गर्ने बताउनुभयो ।

    राजनीतिक घटनाक्रमको विश्लेषण गर्दै विश्वासको मत लिने दिनसम्म आवश्यक निर्णय गर्ने उहाँको भनाई छ । उहाँले प्रधानमन्त्री प्रचण्डसँग पनि यस विषयमा कुराकानी भएको तर सरकारको कार्यक्रम कस्तो आउँछ भन्ने हेर्न बाँकी रहेको बताउनुभयो ।


    शुक्रवार, पौष २२ २०७९०४:४०:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij