Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

सिन्धुपाल्चोक पुगेर सभामुखले भने, ‘पहिरो सुरक्षाका लागि पाइलट प्रोजेक्ट आवश्यक छ’

सिन्धुपाल्चोक पुगेर सभामुखले भने, ‘पहिरो सुरक्षाका लागि पाइलट प्रोजेक्ट आवश्यक छ’

  • आइतवार, भाद्र २८ २०७७

  • 1.2K
    SHARES

  • सिन्धुपाल्चोक पुगेर सभामुखले भने, ‘पहिरो सुरक्षाका लागि पाइलट प्रोजेक्ट आवश्यक छ’

    काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोकमा असाधारण प्रकृतिका पहिरोहरु जान थालेकाले यसको सुरक्षाका लागि संघीय सरकारले नै पाइलट प्रोजेक्ट बनाएर काम गर्नुपर्ने बताउनुभएको छ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका –७ मा गएको पहिरोको अवस्थाबारे बुझ्न आज आज घटनास्थल पुग्नुभएका उहाँले यस्तो सुझाब दिनुभएको हो ।

    ‘संघीय सरकारलाई एकिकृत र केन्द्रिकृत योजना बनाएर काम गर्न म सुझाव दिन्छु’, उहाँले भन्नुभएको छ, ‘यहाँ (सिन्धुपाल्चोक)को पहिरोको दीर्घकालीन समस्या समाधान गर्नका लागि एउटा पाइलट प्रोजेक्ट नै बनाएर काम गर्न म सम्बन्धित निकायलाई आग्रह गर्छु ।’

    यसैबीच, सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका –७ मा गएको पहिरोमा परी मृत्यु हुनेको संख्या ११ पुगेको छ । उद्धारका क्रममा पछिल्लो पटक थप दुई जनाको शव भेटिएसँगै मृतकको संख्या ११ पुगेको बाह्रविसे नगरपालिकाका उपमेयर सुशीला पाख्रिनले जानकारी दिनुभयो ।


    आइतवार, भाद्र २८ २०७७०३:२०:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij