Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

आकर्षक रोजगारीको प्रलोभनमा श्रम स्विकृति नलिई दक्षिण अफ्रिका नआउन दूतावासको आग्रह

आकर्षक रोजगारीको प्रलोभनमा श्रम स्विकृति नलिई दक्षिण अफ्रिका नआउन दूतावासको आग्रह

  • शुक्रवार, पौष २२ २०७९

  • 623
    SHARES

  • आकर्षक रोजगारीको प्रलोभनमा श्रम स्विकृति नलिई दक्षिण अफ्रिका नआउन दूतावासको आग्रह

    काठमाडौं । दक्षिण अफ्रिकास्थित नेपाली दूतावासले नेपाल सरकारको प्रचलित कानुनबमोजिम श्रम स्वीकृति लिएर मात्र त्यहाँ आउन अनुरोध गरेको छ।

    दक्षिण अफ्रिकाको सरकारी राजपत्रअनुसार विशेष ज्ञान, सीप आवश्यक पर्ने एक सय ४० किसिमका दक्ष जनशक्तिको पदमा स्वदेशी नागरिकबाट पदपूर्ति नहुने अवस्थामा मात्र विदेशी नागरिकलाई रोजगारमा लिने कानुनी व्यवस्था छ।

    त्यस्ता पदहरुमा वैदेशिक रोजगारमा दक्षिण अफ्रिका जाँदा नेपाल सरकारको प्रचलित कानुनबमोजिम श्रम स्वीकृति लिएर मात्र जान दूतावासले अनुरोध गरेको छ।

    दक्षिण अफ्रिकामा आकर्षक तलब, सुविधासहितको पदमा काम लगाइदिने एवं त्यहाँबाट युरोप, अमेरिका जान सहज हुने भ्रममा पारी नेपाली नागरिकहरुबाट लाखौँ रुपैयाँ लिने गरिएकोप्रति दूतावासले ध्यानाकर्षण भएको जनाएको छ।

    त्यस्ता नेपाली नागरिकहरुलाई नयाँ दिल्ली, मुम्बईलगायतभारतका विभिन्न सहर, संयुक्त अरब इमिरेट्स, कतार, तान्जानिया, मोजाम्बिक, केन्या, मलवी, मौरिसस, रुवाण्डा, कङ्गोलगायत मुलुक हुँदै दक्षिण अफ्रिकामा ल्याई अलपत्र पारी छोड्ने घटना भइरहेका छन्। कतिपय अवस्थामा ती ट्रान्जिट मुलुकहरुमा नै विषम परिस्थितिमा छोडिदिने घटना बढ्दै गएको दूतावासले जनाएको छ।

    वैदेशिक रोजगारीमा लगाइदिने वा यस्तै अन्य प्रलोभनमा पारी ठूलो रकम लिई कुनै व्यक्तिलाई विदेशमा ल्याई अलपत्र पार्ने कार्यमा संलग्न हुने कार्य कानुनबमोजिम दण्डनीय भएकाले यसखाले गैरकानुनी कार्यहरु नगर्न÷नगराउन र यसतर्फ सचेत रहन दूतावासले अनुरोध गरेको छ।

     


    शुक्रवार, पौष २२ २०७९०३:५७:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij