Nov 19 2026 | २०८३, मंसिर ४ गते

२०८३, मंसिर ४ गते
  • यो साता चर्चामा :
images

न्यूनतम साझा कार्यक्रम तयार, भोली शीर्ष नेतासमक्ष पेश गरेर सार्वजनिक गरिदै

न्यूनतम साझा कार्यक्रम तयार, भोली शीर्ष नेतासमक्ष पेश गरेर सार्वजनिक गरिदै

  • शुक्रवार, पौष २२ २०७९

  • 249
    SHARES

  • न्यूनतम साझा कार्यक्रम तयार, भोली शीर्ष नेतासमक्ष पेश गरेर सार्वजनिक गरिदै

    काठमाडौं । सत्ता साझेदार दलहरूले बनाएको कार्यदलले सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा पारित गरेको छ।

    अर्थमन्त्री विष्णु पौडेलको नेतृत्वमा बसेको वैठकले कार्यक्रमलाई अन्तिम रूप दिएको राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकालले बताउनुभयो।

    ‘कार्यदलको मस्यौदा तयार पारेको छ। भोली (शनिबार) शीर्षस्थ नेताहरूमा पेश गरिने छ,’ उहाँले भन्नुभयो, ‘ शीर्ष तहबाट आउने सुझावपछि त्यसलाई अन्तिम रूप दिएर सार्वजनिक गरिन्छ।’

    न्यूनतम साझा कार्यक्रम शुसासन र विकासका कुरामा केन्द्रित रहेको उहाँको दाबी थियो। कार्यक्रममा प्रत्येक क्षेत्रलाई समेट्ने प्रयास गरिएको र जनतामा सेवा डेलिभरीको कुरालाई प्राथमिकता दिइएको उहाँले दाबी गर्नुभयो।

    पहिलो चरणमा निर्देशन दिने काम भएकाले अब अनुगमन गर्ने र जनताले अनुभुत गर्नेगरी काम गर्ने विषय साझा कार्यक्रममा समेटिएको उहाँले बताउनुभएको छ।


    शुक्रवार, पौष २२ २०७९०३:४१:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij