Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

एन्टिजिन टेस्ट किटप्रति इनफ इज इनफको विरोध किन ?

एन्टिजिन टेस्ट किटप्रति इनफ इज इनफको विरोध किन ?

  • आइतवार, भाद्र २८ २०७७

  • 1.4K
    SHARES

  • एन्टिजिन टेस्ट किटप्रति इनफ इज इनफको विरोध किन ?

    काठमाडौं । इनफ इज इनफ अभियानले कोरोना भाइरस परीक्षणका लागि सरकारले एन्टिजिन टेस्ट किट (आरडिटी)को प्रयोग गर्न लागेकोमा विरोध जनाएको छ ।

    एन्टिजिन टेस्ट किट कम जोखिम भएका र आम मानिसमा प्रयोग गर्न मिल्ने भए पनि कोरोनाको उच्च जोखिममा रहेका व्यक्तिका लागि प्रयोगशालामा त्यसको प्रयोग गर्नु उचित नहुने अभियानको भनाइ छ ।

    ‘उक्त परीक्षण विधि प्रयोग गर्न सजिलो छ र सम्भवतः सस्तो पनि छ भन्नेमा हामी जानकार छौँ’, विज्ञप्तिमा भनिएको छ, ‘तर, यो जस्तो प्रयोगात्मक चरणमा रहेको परीक्षण विधिले पिसिआर परीक्षणको ठाउँ लिँदा कुनै लाभ हासिल हुन्न भन्नेमा हामी प्रष्ट छौँ ।’

    केही महिनाअघि मात्र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले इनफ इज इनफका सत्याग्रहीसँग नेपालमा कोरोना संक्रमण परीक्षण गर्न आरडिटी प्रयोग नगर्ने सहमति गरेका थिए । अहिले त्यो सहमति तोडिएकोमा अचच्ममा परेको अभियानले जनाएको छ ।


    आइतवार, भाद्र २८ २०७७०२:४२:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij