Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

सन्दीपको मुद्दामा आजपनि सुनवाइ हुन सकेन

सन्दीपको मुद्दामा आजपनि सुनवाइ हुन सकेन

  • बिहिवार, पौष २१ २०७९

  • 573
    SHARES

  • सन्दीपको मुद्दामा आजपनि सुनवाइ हुन सकेन
    काठमाडौं । नाबालिगलाई बलात्कारको आरोपित राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेले दिएको पुनरावेदनको मुद्दामा बिहीबार(आज) पनि सुनवाइ हुन सकेन ।
     
    सन्दीपको मुद्दा पाटन उच्च अदालतका न्यायाधीशद्वय राज्यलक्ष्मी बज्राचार्य र नरिश्‍वर भण्डारीको इजलासमा परेको थियो। तर, सन्दीपको मुद्दा स्थगित सूचीमा राखिएको छ । अब उनको मुद्दाको सुनुवाइ अर्को हप्ता हुनेछ । 
     
    काठमाडौं जिल्ला अदालतले सन्दीपलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो। त्यसकाविरुद्ध सन्दीपले उच्च अदालतमा निवेदन दिएका थिए।
     
    सन्दीपविरुद्ध गत भदौ २१ गते प्रहरी वृत्त गौशालामा एक बालिकालाई बलात्कार गरेको भन्दै उजुरी परेको थियो । भदौ २३ गते काठमाडौं जिल्ला अदालतले सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।
     
    सन्दीप गत असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए ।


    बिहिवार, पौष २१ २०७९०४:३१:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij