Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

“प्रचण्डजीको अनुहार हेरेपछि समर्थन गर्ने भनिदिउँला”

“प्रचण्डजीको अनुहार हेरेपछि समर्थन गर्ने भनिदिउँला”

  • बुधवार, पौष २० २०७९

  • 601
    SHARES

  • “प्रचण्डजीको अनुहार हेरेपछि समर्थन गर्ने भनिदिउँला”

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकार आफूहरुको प्राथमिकतामा नरहेको बताउनुभएको छ । पार्टी निकट युवा संगठनले आयोजना गरेको बधाई कार्यक्रममा पार्टी अध्यक्ष नेपालले आफूहरुको ध्यान देश र जनताको हितमा रहेको भन्दै सरकार गौण विषय रहेको बताउनुभएको हो ।

    नेपालले आफ्नो पार्टी कुनैपनि अलमलमा नपरेको बताउनुुभयो । नेपालले भन्नुभयो, ‘समाजवादी अलमलमा पर्‍यो भनेर केहि मिडियामा लेखेको पाएँ । जबसम्म पिक्चर क्लियर हुँदैन । यो सरकारले कस्तो नीति तथा कार्यक्रम बनाउने हो त्यो पनि अहिलेसम्म आएको छैन । प्रचण्डजीको अनुहार हेरेपछि समर्थन गर्ने भनिदिउँला । कुराकानी हुन्छ । छलफल हुन्छ । अनि संस्थागत निर्णय हुन्छ ।’

    नेपालले सरकार बनाउँदा आफूहरुलाई कसैले नसोधेको बताउनुभयो । विचार, सिद्धान्त, आचरण मिल्नेसँग एकता गर्ने र मोर्चा पनि बनाइने नेपालको भनाइ छ । त्यसका लागि विभिन्न पार्टीका नेताहरुसँग कुरा भइरहेको र यो प्रकृया अघि बढिसकेको बताउनुभएको छ ।


    बुधवार, पौष २० २०७९०२:४०:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij