Aug 26 2026 | २०८३, भाद्र १० गते

२०८३, भाद्र १० गते
  • यो साता चर्चामा :
images

पहिरोपीडितको उद्धार र राहतमा जुट्न प्रचण्डको आग्रह

पहिरोपीडितको उद्धार र राहतमा जुट्न प्रचण्डको आग्रह

  • आइतवार, भाद्र २८ २०७७

  • 936
    SHARES

  • पहिरोपीडितको उद्धार र राहतमा जुट्न प्रचण्डको आग्रह

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिन्धुपाल्चोक पहिरो घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । जिल्लाको बाह्रबिसे नगरपालिका –७ घुम्थाङको नागपुजेमा गएको पहिरोले पु¥याएको ठूलो मानवीय तथा भौतिक क्षतिको खबर आफूलाई दुखित तुल्याएको प्रचण्डले उल्लेख गर्नुभएको छ ।

    अविरल वर्षापछि गएराति आएको पहिरोमा हराएकामध्ये हालसम्म ९ जनाको शव भेटिएको छ भने २३ जना अझै बेपत्ता छन् ।

    साथै, प्रचण्डले पहिरोपीडितहरुको उद्धार र राहतमा जुट्न सम्बन्धित क्षेत्रका पार्टीका कार्यकर्ता, सामाजिक अभियन्ता, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थासहित सबैलाई आग्रह पनि गर्नुभएको छ ।

    ‘पहिरो जानसक्ने सम्भावित क्षेत्रको पहिचानगरी त्यस क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न पनि म सरकारलाई आग्रह गर्छु’, उहाँले भन्नुभएको छ ।

    Shok baktavya.jpg

     


    आइतवार, भाद्र २८ २०७७१२:४८:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij