Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

सिस्टममा समस्या आएको भन्दै राहदानी वितरण अनिश्चितकालिन बन्द

सिस्टममा समस्या आएको भन्दै राहदानी वितरण अनिश्चितकालिन बन्द

  • मंगलवार, पौष १९ २०७९

  • 386
    SHARES

  • सिस्टममा समस्या आएको भन्दै राहदानी वितरण अनिश्चितकालिन बन्द
    काठमाडौं । राहदानी विभागले पासपोर्ट (राहदानी) वितरण बन्द गरेको छ। सिस्टममा समस्या आएको भन्दै विभागले राहदानी आवेदनको स्टाटस (अवस्था) हेर्ने तथा राहदानी वितरण कार्य अवरुद्ध भएको जनाएको छ। 
     
    विभागले सो समस्या समाधानका लागि निरन्तर कार्य गरिरहेको र सिस्टम पूर्ण रुपमा सुचारु हुन केही समय लाग्ने विभागकी प्रवक्ता दुरपदा सापकोटाले जानकारी दिनुभएको छ। 
     
    सापकोटाले एक सूचना जारी गर्दै मंगलबार(आज)देखि अर्को सूचना जारी नहुँदासम्मको लागि राहदानी वितरण नहुने जानकारी दिनुभएको छ । अर्को सूचना जारी नहुँदा सम्मलाई विभागमा उपस्थित नभइदिन सेवाग्राहीलाई आग्रह गरिएको छ। 
     
    Passport_Notice1672739019.jpg


    मंगलवार, पौष १९ २०७९०३:३३:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij