Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलको नेतामा डिल्ली चौधरी सर्वसम्मत

कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलको नेतामा डिल्ली चौधरी सर्वसम्मत

  • सोमवार, पौष १८ २०७९

  • 640
    SHARES

  • कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलको नेतामा डिल्ली चौधरी सर्वसम्मत
    काठमाडौं । लुम्बिनी प्रदेश कांग्रेस संसदीय दलको नेतामा डिल्ली चौधरी सर्वसम्मत चयन हुनुभएको छ । दाङ क्षेत्र नम्बर ३ (१) बाट दोस्रोपटक प्रदेश सभामा निर्वाचित चौधरी हाल पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्री हुनुहुन्छ । संस्थापन पक्षका चौधरी संविधानसभाका सदस्य समेत हुनुहुन्छ ।
     
    नेपाली कांग्रेसको लुम्बिनी प्रदेश सभा संसदीय दलको नेताका लागि आधा दर्जन आकांक्षी थिए । संस्थापन पक्षबाट डिल्ली चौधरी, राजु खनाल, अब्दुल रज्जाक र जन्मजय तिमिल्सिनाले संसदीय दलको नेतामा दाबी गरेका थिए । संस्थापनइतरबाट वीरबहादुर राना र निमा गिरी पनि आकांक्षी थिए ।
     
    लुम्बिनी प्रदेश सभामा कूल ८७ सिटमध्ये प्रत्यक्षमा १७ र समानुपातिकमा १० गरी कांग्रेसका २७ जना सांसद छन् । बहुमत सदस्य संस्थापन पक्षका छन् । लुम्बिनी प्रदेश सभामा नेकपा एमाले पहिलो दल हो । उसका २९ सांसद छन् ।
     
     यसअघि नेकपा एमालेले पनि हिजो नै लीला गिरीलाई दलको नेता चुनेको थियो । आज सोमबार प्रदेश सभाको पहिलो बैठक बस्दै छ ।


    सोमवार, पौष १८ २०७९१०:१९:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij