Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

जम्मू–कश्मीरको एक गाउँमा गोलाबारी, तीन जनाको मृत्यु

जम्मू–कश्मीरको एक गाउँमा गोलाबारी, तीन जनाको मृत्यु

  • सोमवार, पौष १८ २०७९

  • 599
    SHARES

  • जम्मू–कश्मीरको एक गाउँमा गोलाबारी, तीन जनाको मृत्यु
    काठमाडौं । जम्मू–कश्मीरको राजौरी जिल्लास्थित डांगरी गाउँमा आइतबार(हिजो) बेलुका भएको गोलाबारीमा तीन जना सर्वसाधारणको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएको र उनीहरूलाई उपचारका लागि अस्पताल भर्ना गरिएको बीबीसीले जनाएको छ । स्थानीय प्रहरीले आक्रमण गर्नेको पहिचानबारे अहिले कुनै जानकारी दिएको छैन ।
     
    जम्मू–कश्मीर प्रहरीका अतिरिक्त प्रहरी महानिर्देशक मुकेश सिंहले लिखित बयानमा गोलाबारी माथिल्लो डांगरी गाउँमा भएको पुष्टि गरेका छन् । उनका अनुसार हिजो साँझ करिब ५० मिटरको दूरीमा फरक–फरक तीन घरमा आक्रमणकारीले फाइरिङ गरेका थिए । 
     
    समयमै पुगेको प्रहरीले पूरै क्षेत्र घेराबन्दी गरेको थियो। अहिले यो क्षेत्रमा पूरै आतंकको माहौल बनेको छ । आक्रमणकारीलाई पक्राउ गर्नका लागि पूरै क्षेत्रमा प्रहरीले सर्च अभियान चलाएको छ ।
     


    सोमवार, पौष १८ २०७९०७:२८:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij