Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

अपाङ्गता भएका पौडेलले दिए अपाङ्गता भएकाहरुलाई राहत सामग्री

अपाङ्गता भएका पौडेलले दिए अपाङ्गता भएकाहरुलाई राहत सामग्री

  • आइतवार, भाद्र २८ २०७७

  • 1.7K
    SHARES

  • अपाङ्गता भएका पौडेलले दिए अपाङ्गता भएकाहरुलाई राहत सामग्री

    काठमाडौ। काठमाडौंको चन्द्रागिरी नगरपालिकामा अपाङ्गता भएका व्यक्तिले अपाङ्गता भएकै व्यक्तिहरुलाई राहत सामग्रीहरु वितरण गरेका छन् ।

    राष्ट्रिय अपाङ्ग अनुसन्धान तथा विकास केन्द्रका अध्यक्ष निलकण्ठ पौडेलले कोरोनाका कारण आर्थिक संकटमा परेका अपाङ्गता भएका व्यक्ति र उनीहरुका परिवारलाई दाल, चामल, नुन, तेललगायतका उपभोग्य सामग्रीहरु प्रदान गर्नुभएको हो ।

    विगतमा पनि अपाङ्गता भएकाहरुका लागि विभिन्न सहयोग तथा रचनात्मक र उपयोगी कार्यक्रमहरु गर्दै आउनु भएका पौडेलले अपाङ्गता भएका २४ जनालाई राहत सामग्रीहरु वितरण गरेको जानकारी दिनुभयो ।

    उहाँका अनुसार राहत सामग्री प्राप्त गर्ने ती सवै जना चन्द्रागिरी नगरपालिका बडा नं १० मा बसोबास गर्दै आएकाहरु हुन् । लायन्स क्लब अफ काठमाडौं लुम्बिनीको सहयोगमा ती सामग्रीहरु उनीहरुलाई वितरण गरिएको पनि पौडेलले जानकारी दिनुभयो ।

     

     

     


    आइतवार, भाद्र २८ २०७७०७:२९:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij