Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

आणविक हतियारको संख्या बढाउने उत्तर कोरियाका नेता  किमको घोषणा

आणविक हतियारको संख्या बढाउने उत्तर कोरियाका नेता  किमको घोषणा

  • आइतवार, पौष १७ २०७९

  • 722
    SHARES

  • आणविक हतियारको संख्या बढाउने उत्तर कोरियाका नेता  किमको घोषणा
    एजेन्सी । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले आणविक हतियारको संख्या ह्वात्तै बढाउने बताएका छन् । 
     
    सत्तारूढ वर्कर्स पार्टीको एक बैठकमा किमले दक्षिण कोरिया र अमेरिका जस्ता मुलुकहरूबाट उत्तरलाई तेर्सिने राष्ट्रिय जोखिमबाट प्रतिरक्षा गर्न विशाल सैन्य शक्ति आवश्यक रहेको बताएका हुन् । 
     
    ती दुई मुलुकले उत्तरलाई एक्ल्याउन र ठिंगुर्‍याउन चाहेको किमको भनाइ छ । दक्षिण कोरियाको भूमिमा अमेरिकाले आणविक हतियार ल्याएर राखेको सन्दर्भमा उनले यो टिप्पणी गरेका हुन् । यो परिस्थिति मानव इतिहासकै अभूतपूर्व भएको उनको भनाइ छ । 
     
    उनले दक्षिण कोरियालाई आफूहरूको शत्रु भनी वर्णन गरे । दक्षिणले बुद्धिहीन तथा खतरनाक रूपमा हतियार विकसित गरिरहेको उनको भनाइ छ । 
     
    नयाँ अन्तर महादेशीय ब्यालिस्टिक क्षेप्यास्त्रहरू विकसित गर्नका लागि किमले आह्वान गरेका छन् । अनि सकेसम्म छिटो देशको पहिलो सैन्य भूउपग्रह सञ्चालनमा ल्याउन पनि उनले आग्रह गरेका छन् । 
     
    नयाँ वर्षको पहिलो दिनमा एकाबिहानै उत्तरले कोरियाली प्रायद्वीपको पूर्वतर्फ समुद्रमाथि ब्यालिस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको केही घण्टापछि किमको भनाइ सार्वजनिक भएको हो । 


    आइतवार, पौष १७ २०७९०२:४४:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij