काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आज उद्घाटन गर्नुभएको छ ।
पोखरामा आयोजित विशेष समारोहमा पानसमा दीप बालेर प्रधानमन्त्री प्रचण्डले अन्तर्राष्ट्रिय विमानस्थल औपचारिक उद्घाटन गर्नुभएको हो ।
समारोहमा पोखरावासीको उत्साहजनक उपस्थिति छ । त्यहाँ हेलिकोप्टरमार्फत् पुष्प वृष्टि गरिएको थियो ।