Sep 04 2026 | २०८३, भाद्र १९ गते

२०८३, भाद्र १९ गते
images

सुदूरपश्चिमको प्रदेश सभा अधिवेशन पुस १८ गतेका लागि आह्वान

सुदूरपश्चिमको प्रदेश सभा अधिवेशन पुस १८ गतेका लागि आह्वान

  • शुक्रवार, पौष १५ २०७९

  • 339
    SHARES

  • सुदूरपश्चिमको प्रदेश सभा अधिवेशन पुस १८ गतेका लागि आह्वान

    काठमाडौं । सुदूरपश्चिम प्रदेशसभाको दोस्रो कार्यकालको प्रथम अधिवेशन यही पुस १८ गतेका लागि आह्वान गरिएको छ।

    प्रदेश सभा सचिवालयले आज सूचना जारी गर्दै १८ गते प्रदेश सभा बैठक आह्वान गरिएकाबारे जानकारी दिएको हो।

    नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम सुदूरपश्चिम प्रदेश सभाको अधिवेशन १८ गते सोमबार दिनको १ बजेदेखि सुरु हुने गरी आह्वान गरेको सूचनामा उल्लेख छ।

    प्रथम बैठक ज्येष्ठ सदस्य मानबहादुर रावलले सञ्चालन गर्नुहुने छ । आज नवनिर्वाचित प्रदेश सभा सदस्यले पद तथा गोपनीयताको शपथ लिइसकेका छन्।


    शुक्रवार, पौष १५ २०७९०३:२४:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij