Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

कोरोना संकटका वेला पनि सरकार भ्रष्टाचारमा लिप्त छ : देउवा

कोरोना संकटका वेला पनि सरकार भ्रष्टाचारमा लिप्त छ : देउवा

  • शनिवार, भाद्र २७ २०७७

  • 1.3K
    SHARES

  • कोरोना संकटका वेला पनि सरकार भ्रष्टाचारमा लिप्त छ : देउवा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार जनताकोे स्वास्थ्यप्रति संवेदनशील नभएको दाबी गर्नुभएको छ । उहाँले कोरोना भाइरसको संक्रमण बढ्दै गइरहेको वेला पनि सरकार गम्भीर नदेखिएको आरोप लगाउनुभएको हो ।

    सभापति देउवाले कोरोना रोकथाम र नियन्त्रणमा सरकारलाई कुनै मतलव र चिन्ता नदेखिएको बताउनुभयो । उहाँले कोरोना संकटका बेलामा पनि भ्रष्टाचारमा लिप्त रहेको सरकारमा मानवीय संवेदना नदेखिएको बताउनुभयो ।

    कांग्रेस कोभिड–१९ अनुगमन समितिले प्रदेश –१ का पार्टीका अगुवा नेता–कार्यकर्ताका साथै जनप्रतिनिधिसँग गरेको भर्चुअल छलफलमा सभापति देउवाले पिसिआर परीक्षण बढाउन सरकारसँग आग्रह गर्नुभयो ।

    उहाँले भ्रष्टाचार गर्नुभन्दा अस्पताल निर्माणमा लाग्न सरकारलाई सुझाब दिनुभयो ।

    सभापति देउवाले पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई कोरोना संकटका बेलामा जनताको सेवामा काम गर्न निर्देशनसमेत दिनुभयो ।

     


    शनिवार, भाद्र २७ २०७७०७:२५:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij