Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

रास्वपाबाट मन्त्री बन्ने यी अनुहार

रास्वपाबाट मन्त्री बन्ने यी अनुहार

  • बिहिवार, पौष १४ २०७९

  • 994
    SHARES

  • रास्वपाबाट मन्त्री बन्ने यी अनुहार

    काठमाडौं । सत्ता साझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले तीनदेखि पाँच मन्त्रालयमा दाबी गरेको छ ।

    सो पार्टीबाट रवि लामिछाने उपप्रधानसहित गृहमन्त्री भइसकेकाले थप मन्त्रीका लागि पार्टीभित्र लबिइङ तीव्र बनेको नेताहरुको भनाइ छ ।

    रास्वपाले प्रचण्ड नेतृत्वको मन्त्रिपरिषदमा शिक्षा, स्वास्थ्य, सहरी विकास र श्रम मन्त्रालय दाबी गरेको एक नेताले जानकारी दिएका छन् ।

    पार्टी सभापति लामिछानेले विगतदेखि नै श्रमका विषयलाई महत्वका साथ उठाउँदै आएकाले श्रम मन्त्रालय पनि पार्टीले पाउनुपर्ने रास्वपाको भनाइ छ । सत्ता साझेदार दलमा राष्ट्रिय स्वतन्त्र पार्टी निर्णायक भएकाले सम्माजनक भागवण्डा हुनुपर्ने ती सांसदले बताएका छन्।

    पार्टीबाट मन्त्री बन्नेमा सबैभन्दा धेरै शिशिर खनाल, सन्तोष परियार, विराजभक्त महर्जन, तोसिमा कार्की, चन्दा कार्की र सुमना श्रेष्ठको चर्चा छ । । लामिछानेले भने सांसदको योग्यता र क्षमताका आधारमा मन्त्री चयन गर्ने तयारी गरेका छन् ।

    यसैबीच गृहमन्त्री लामिछानेले सत्ता साझेदार दलमा राप्रपाले उपसभामुख पाउनुपर्ने दाबी गरेका छन् । राष्ट्रपति, उपराष्ट्रपति, राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्ष सभामुख कतै दाबी नगरेकाले उपसभामुख पाउनुपर्ने दाबी गरेका हुन् । प्रदेशमा हिस्सेदारी नपाउने भएकाले उपसभामुख पाउनुपर्ने दाबी गरिएको अर्का एक सांसदले बताएका छन्।

     


    बिहिवार, पौष १४ २०७९०४:०४:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij