Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

प्रचण्डसँग भेटेपछि ओलीको प्रतिक्रिया यस्तो आयो

प्रचण्डसँग भेटेपछि ओलीको प्रतिक्रिया यस्तो आयो

  • बुधवार, पौष १३ २०७९

  • 772
    SHARES

  • प्रचण्डसँग भेटेपछि ओलीको प्रतिक्रिया यस्तो आयो

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारबाट बाहिरिनुभएको छ ।

    साढे २ घण्टाको भेटवार्तापछि खुमलटारबाट ओली बाहिरिनुभएको हो । नेपाली कांग्रेस नेतृत्वको गठबन्धनबाट बाहिर ल्याएर प्रचण्डलाई प्रधानमन्त्री बनाएपछि ओलीको दौडधुप बढेको छ ।

    प्रचण्डसँग समसामयिक विषयमा छलफल भएको अध्यक्ष ओलीले बताउनुभयो । दुई नेताबीच आगामी सहयात्रा र सत्ता गठबन्धनमा हुने भागबण्डाको विषयमा छलफल गरेको बुझिएको छ।

    यसअघि संसद् विघटन गर्नु अघिल्लो दिन २०७७ पुस ४ गते साँझ ओली खुमलटार पुग्नुभएको थियो । प्रतिनिधिसभा विघटनपछि ओली र प्रचण्डबीच दूरी बढेको थियो। भोलि फेरि बालुवाटारमा सत्ता साझेदारी दलको शीर्ष नेताहरुबीच छलफल हुनेछ ।

    मन्त्रालय भागबण्डाको विषयमा सामान्य छलफल भएपनि भोलिबाट मात्रै औपचारिकता पाउने छ। माधव नेपाललाई सरकारमा ल्याउने प्रधानमन्त्रीले पहल थालेपछि सकारात्मक रूपमा प्रक्रिया अघि बढेको छ ।


    बुधवार, पौष १३ २०७९०२:२०:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij