Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

बामदेव सांसद बन्नुहुन्छ, मन्त्री त बन्न मिल्दैन : प्रम सल्लाहकार रिमाल

बामदेव सांसद बन्नुहुन्छ, मन्त्री त बन्न मिल्दैन : प्रम सल्लाहकार रिमाल

  • शनिवार, भाद्र २७ २०७७

  • 1.1K
    SHARES

  • बामदेव सांसद बन्नुहुन्छ, मन्त्री त बन्न मिल्दैन : प्रम सल्लाहकार रिमाल

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका सल्लाहकार विष्णु रिमालले पार्टीका बरिष्ठ नेता माधवकुमार नेपालले अगाडि सारेको एक पद एक व्यक्तिको एजेण्डा अर्थहिन भएको टिप्पणी गर्नुभएको छ । उहाँले पार्टीमा एक पद एक व्यक्तिको कुरा खासै नउठेको दावी गर्दै त्यो व्यवहारिक पनि नभएको बताउनुभयो ।

    पार्टी भित्र केही महिना अगाडि उत्पन्न विवादप्रति लक्षित गर्दै उहाँले रिस र आक्रोसका बेला उठाएका विषय पछि आफैलाई घातक हुने भएकाले उठ्न छाडेको तर्क गर्नुभयो । उहाँले रिस साम्य भएपछि त्यस्ता एजेण्डा आफैलाइ घातक र व्यवहारिक नभएको महसुस भएर अहिले त्यही एजेण्डा उठाउनेहरुले पनि उठाउन छाडेको उल्लेख गर्नुभयो ।

    पार्टी भित्र बरिष्ठ नेता नेपालको कुनै असन्तुष्टि नरहेको र उहाँले स्थायी समिति बैठकमा सवै विषयमा सहमती जनाउनु भएको पनि नेता रिमालले जानकारी दिनुभयो । उहाँले पार्टीका उपाध्यक्ष बामदेव गौतम राष्ट्रिय सभा सदस्यमा मनोनित हुने तर मन्त्री भने नबन्ने संकेत गर्नुभयो ।

    “सांसद बनाउनका लागि प्रधानमन्त्रीले प्रस्ताव गरिसक्नु भएको छ, तर मन्त्री बन्न त प्रतिनिध सभामा पराजित व्यक्ति सो प्रतिनिधि सभा रहेका बेलासम्म मन्त्री बन्न मिल्दैन भन्ने व्यवस्था रहेकाले बन्द मिल्दैन होला,” उहाँले नेपाली नेटवर्कसँग भन्नुभयो । नेकपा स्थायी कमिटीले एमसिसी पारित गर्नु पर्ने पक्षमा निर्णय गरेको पनि उहाँले जानकारी दिनुभयो ।


    शनिवार, भाद्र २७ २०७७०९:२२:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij