Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

सत्तागठबन्धनको बैठक बालुवाटारमा जारी

सत्तागठबन्धनको बैठक बालुवाटारमा जारी

  • शनिवार, पौष ९ २०७९

  • 672
    SHARES

  • सत्तागठबन्धनको बैठक बालुवाटारमा जारी

    काठमाडौं । सरकार गठनका लागि छलफल गर्नका लागि सत्तारुढ गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा गठबन्धनका शीर्ष नेताहरू सहभागी रहेका छन् ।

    माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका स्वकीय सचिव रमेश मल्लका अनुसार सरकार गठनका विषयमा छलफल गर्न आयोजित बैठकमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतका नेता सहभागी छन् । आज ४ बजेपछि सुरु भएको बैठकमा मुख्यतः प्रधानमन्त्रीमा कसलाई अगाडि सार्ने भन्ने विषयमा छलफल हुने बताइएको छ ।

    प्रधानमन्त्रीमा कांग्रेस सभापति देउवा र माओवादी अध्यक्ष दाहालले दाबी गरिरहनुभएको छ ।

     


    शनिवार, पौष ९ २०७९०५:२१:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij