Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

प्राइम टिभीका गौतमको निधन

प्राइम टिभीका गौतमको निधन

  • शनिवार, भाद्र २७ २०७७

  • 2.5K
    SHARES

  • प्राइम टिभीका गौतमको निधन

    काठमाडौं । प्राइम टाईम्स टेलिभिजनका दृश्य सम्पादक अनिल गौतमको सडक दुर्घटनामा परी निधन भएको छ । कार्यालयबाट घर फर्किने क्रममा गौतम सवार बा २९ प १४७९ नम्बरको मोटरसाईकललाई प्रदेश ३ ०१ क ४५६३ नम्बरको ट्रिपरले ठक्कर दिँदा गौतमको घटनास्थलमै निधन भएको हो ।

    काठमाडौंको धुम्बाराही स्थायी घर भएका उनलाई तिनकुनेमा ट्रिफरले ठक्कर दिएको हो । ५२ वर्षीय गौतम भक्तपुरको कौशलटारमा स–परिवार बस्दै आएका थिए ।

    पोष्टमार्टमको लागि गौतमको शव त्रि.वि. शिक्षण अस्पताल, महाराजगञ्ज लगिएको छ । अस्पतालमा प्राइम टिभीका अध्यक्ष ऋषि धमला, सिईओ निर्जल श्रेष्ठ र सहकर्मीहरु पुगेका थिए ।


    शनिवार, भाद्र २७ २०७७०७:१४:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij