Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

संसद सचिवालयलाई मधेशी आयोगले सोध्यो स्पष्टीकरण (पत्रसहित)

संसद सचिवालयलाई मधेशी आयोगले सोध्यो स्पष्टीकरण (पत्रसहित)

  • शुक्रवार, पौष ८ २०७९

  • 524
    SHARES

  • संसद सचिवालयलाई मधेशी आयोगले सोध्यो स्पष्टीकरण (पत्रसहित)

    काठमाडौं । मधेशी आयोगले जनमत पार्टीका अध्यक्ष डा.सी.के राउतसहित केही प्रतिनिधिसभा सदस्यहरुलाई मधेशी भाषामा शपथ लिन मान्यता दिएको भन्दै संघीय संसदको सचिवालयलाई स्पष्टीकरण सोधेको छ ।

    पुस ७ गतेको संसद भवनमा चन्द्रकान्त राउत (सीके)सहित केही प्रतिनिधि सभाका सदस्यहरुले भाषा आयोग तथा मधेशी आयोगद्वारा सूचीकृत नरहेको ‘मधेशी भाषा’मा शपथ लिएको भन्दै आयोगकी उपसचिव सविता डंगोलले संघीय संसदको सचिवालयलाई आज पत्र पठाउनुभएको हो ।

    पत्रमा भनिएको छ, ‘ हालसम्म‍ भाषा आयोगबाट प्रकाशित ‘मधेशी भाषा’ सुचिकृत नभएको देखिएकोले सो भाषामा प्रतिनिधिसभाका सदस्‍यहरुले औपचारिक कार्यक्रममा शपथ लिनु गम्भीरताको विषय रहेको साथै नेपालमा विद्यामान रहेका सूचीकृत अन्‍य भाषाहरुमाथि नकारात्मक प्रभाव परेको देखिन्छ। सो सम्बन्धमा यस आयोगलाई श्री संघीय संसदको सचिवालयले कुन आधारमा मधेशी भाषामा शपथ लिन मान्‍यता दिएको भनी स्पष्ट हुने गरी जानकारी गराइदिन हुन निर्देशानुसार अनुरोध गरिएको छ ।’

    letter.jpg

     


    शुक्रवार, पौष ८ २०७९०२:१२:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij