Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

महेन्द्र राय यादवले आज शपथ लिने

महेन्द्र राय यादवले आज शपथ लिने

  • शुक्रवार, पौष ८ २०७९

  • 592
    SHARES

  • महेन्द्र राय यादवले आज शपथ लिने
    काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसद महेन्द्र राय यादवले आज बिहान पद तथा गोपनीयताको शपथ लिनुहुने भएको छ । उमेरसम्बन्धी प्राविधिक कारणबाट हिजो शपथ लिन नसकेपछि उहाँलाई सङ्घीय संसद् सचिवालयले आज मात्र शपथ गराउन लागेको हो । 
     
    यादवलाई प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले आज बिहान सिंहदरबारस्थित संसद् सचिवालयमा शपथ गराउनुहुने छ । सचिवालयले प्रतिनिधिसभाका नवनिर्वाचित सांसदलाई हिजो शपथ गराउने कार्यक्रम राखेको थियो । नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवनमा आयोजित समारोहमा दुई सय ७० सांसदले ज्येष्ठ सदस्य राणाबाट पद तथा गोपनीयताको शपथ लिएका छन् ।   
      
    यादवसँगै सांसद प्रेमबहादुर आले, माया राई र रामकुमार राई  शपथ लिन अनुपस्थित थिए । आले पारिवारिक शोकमा र राई सुत्केरी भई अस्पतालमा छन् । खोटाङबाट निर्वाचित सांसद रामकुमार राई हवाईजहाज छुटेकाले शपथ ग्रहण समारोहमा सहभागी हुन नसकेको संसद् सचिवालयले जनाएको छ ।
     


    शुक्रवार, पौष ८ २०७९०७:४८:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij