Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

काठमाडौँमा घरधनीले गरे भाडामा बस्नेको हत्या

काठमाडौँमा घरधनीले गरे भाडामा बस्नेको हत्या

  • शुक्रवार, भाद्र २६ २०७७

  • 6.1K
    SHARES

  • काठमाडौँमा घरधनीले गरे भाडामा बस्नेको हत्या

    काठमाडौँ – काठमाडौँमा एकजना घरधनीले कोठा भाडामा बस्ने व्यक्तिको हत्या गरेका छन्।

    घरको सुरक्षाका लागि प्रयोग गरिने आग्लोले हिर्काएर बाराको कलैया उपमहानगरपालिका–५ घर भई हाल काठमाडौँ भाजङगल बस्ने ४८ वर्षीय शम्भु चौधरीको हत्या भएको हो

    कीर्तिपुर नगरपालिका–७ भाजङगलका ६६ वर्षीय कृष्ण महर्जनले सामान्य विवादमा चौधरीलाई आग्लोले हिर्काएर हत्या गरेको प्रहरी अनुसन्धानले देखाएको छ।

    आग्लोले लागेर गम्भीर घाइते चौधरीको उपचारको क्रममा कीर्तिपुर मोडल अस्पतालमा मृत्यु भएको हो।

    हत्या आरोपमा महर्जनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


    शुक्रवार, भाद्र २६ २०७७०५:४१:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij