Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

आज रिहा हुँदै चार्ल्स शोभराज 

आज रिहा हुँदै चार्ल्स शोभराज 

  • शुक्रवार, पौष ८ २०७९

  • 440
    SHARES

  • आज रिहा हुँदै चार्ल्स शोभराज 
    काठमाडौं । कुख्यात अपराधी चार्ल्स शोभराज  सुनधारास्थित केन्द्रीय कारागारबाट आज छुट्ने भएका छन् । बुधबार सर्वोच्च अदालतले दिएको आदेशअनुसार उनी आज जेलमुक्त भएका हुन् ।
     
    शोभराजलाई अध्यागमन विभागको जिम्मा लगाइने र अध्यागमनले स्वदेश फिर्तीको प्रक्रिया सुरु गर्ने बताइएको छ । हिजो छुट्न उनले नमानेपछि आज अध्यागमन लैजाइने भएको हो ।
     
    सर्वोच्चले उनलाई १५ दिनभित्र आफ्नै देश फ्रान्स पठाउन भनेको छ । बुधबार सर्वोच्चका न्यायाधीश सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको इजलासले १० महिना कैद छुट दिँदै उनलाई थुनामुक्त गर्न बन्दी प्रत्यक्षीकरणको आदेश जारी गरेको हो ।
     
    जेलमा रहेको ६५ वर्षभन्दा माथि उमेर भएका ज्येष्ठ नागरिकले ७५ प्रतिशतभन्दा बढी सजाय काटिसकेको अवस्थामा कैद सजाय छुट दिन सकिने व्यवस्था छ । 


    शुक्रवार, पौष ८ २०७९०६:५७:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij